
हेटौडा । यहाँ सम्पन्न मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि पदमपोखरी युथ क्लब, हेटौडाले जितेको छ । शनिबार भएको फाइनल खेलमा पदमपोखरीले सहिद स्मृति क्लब, बागमती गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गरि लिग उपाधि जितेको हो ।
बिजेता पदमपोखरीले उपाधिसहित नगद एक लाख हात पार्यो भने उपविजेता बनेको सहिद स्मृतिले ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
फाइनल खेलको म्यान अफ दि म्याच ब्रिजेश तितुङ भए । यसैगरि अन्य बिधागततर्फ उत्कृष्ट गोलरक्षक पदमपोखरीका रोजक थिङ बन्दा उत्कृष्ट डिफेन्डर सहिद स्मृतिका अरुण आले मगर चुनिए । उत्कृष्ट मिडफिल्डर पदमपोखरीका नवराज थिङ घोषित हुँदा पदमपोखरी कै उप्रान्त आले मगर उत्कृष्ट फरवार्ड बने । त्यस्तै उत्कृष्ट प्रशिक्षक पनि पदमपोखरी कै ज्ञानु मुक्तान चुनिए । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि पदमपोखरीका रोजक थिङ घोषित भए ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमको खेलाडीलाई समापन कायृक्रमकी प्रमुख अतिथी पूर्व सामाजिक बिकास मन्त्री कुमारी मोक्तान लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।
फाइनल खेल अघि इन्द्रसरोबरमा पहिरोमा परेर मृत्यु भएका युथ खेलाडीको फोटोमा माला लगाएर समवेदना प्रकट गर्दै १ मिनेट मौन धारण समेत गरिएको थियो ।
गत भाद्र १४ गतेदेखि सुरु भएको प्रतियोगितामा २८ टिमको सहभागिता थियो । उपाधि जितेको पदमपोखरीले अब मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश लिग समेत खेल्ने छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा