News झापाका फुटबल खेलाडी गिरीको दुर्घटनामा परि निधन
रमेश समदर्शी

बिर्तामोड । सडक र्दुघट्नामा परी झापाका स्थानीय फुटबल खेलाडी सञ्जिव गिरीको बिएण्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको छ । झापाको भद्रपुरमा दुई मोटरसाइकल एक–आपसमा जुध्दा गिरी पनि गम्भिर घाइते भएका थिए ।

उनको उपचार कै क्रममा २५ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । दुर्घट्नामा परेका अर्का मोटरसाइकल चालक आलोक भण्डारीको पनि निधन न्युज सञ्जालले खबर प्रकाशित गरेको छ । साथै दुर्घट्ना मै परेका मोटरसाइकल सवार अर्का विपान्सु राउत पनि घाइते भएका थिए । यद्यपि उनी उपचार पश्चात् घर फर्किएको बताइएको छ ।

स्मरण रहोस, निधन भएका सञ्जिव गिरी झापाका स्थानीय र राम्रा फुटबल खेलाडी पनि थिए । उनले झापा फुटबल क्लबसँगै अन्य क्लबहरुबाट पनि स्थानीयस्तरका फुटबल प्रतियोगिताहरु खेलदै सफलता पनि हासिल गरेका थिए ।

Post Comments