काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले सिस्नेरी पहिलोमा निधन भएका एन्फा एकेडेमीका बाल खेलाडीहरुको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
एनआरएनए मलेसियाले यसअघि नै पहिरोमा परी निधन भएका ६ बाल खेलाडीहरुको परिवारलाई जनही १–१ लाख दिने घोषणा गरेको थियो । सोही घोषणा बमोजिम अखिल नेपाल फुटबल संघ (एनफा) का उपाध्यक्ष दावा लामाको पहलमा एनआरएनए मलेसियायले सो रकम हस्तान्तरण गरेको हो ।
उक्त रकम एक कार्यक्रमका बीच एनआरएनए मलेसियाका महासचिव टीकाराम अधिकारले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष बिनोदकुमार थापा र अन्य एन्फा पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
स्मरण रहोस, गत असोज १२ गते आएको भिषण वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित सिस्नेरीमा आएको पहिरोमा परी वत्सला माविमा अध्ययनरत तथा प्रशिक्षणरत एन्फा एकेडेमीका ६ बाल खेलाडीहरुको निधन भएको थियो ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न