काठमाडौं । कार्तिक १ गतेदेखि १४ गतेसम्म हुन गईरहेको प्रतिष्ठित साफ महला च्याम्पियनसिपको टिकटिङ पार्टनरका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट प्रा.लि. सँग सम्झौता गरेको छ ।
मंगलबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा एन्फाको तर्फबाट महासचिव किरन राई र माउण्ट एभरेष्ट स्पोर्टसको तर्फबाट थमन भुषालले सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान गरे । सम्झौता अनुसार एन्फाले माउण्ट एभरेष्टलाई ८० लाखमा टिकटिङ अधिकार दिइएको हो ।
त्यस्तै साफ महिला च्याम्पियनसिपतर्फको टिकट मुल्य पनि तोकिएको छ । जसअनुसार लिग चरणतर्फको खेलहरुमा साधारण पारापिटतर्फ ३०० र भिआइपीतर्फ ५०० रुपैयाँ मुल्य तोकिएको छ । त्यसैगरी नकआउट चरणको खेलहरुमा साधारणतर्फ ५०० र भिआइपीतर्फ १००० टिकट मुल्य तोकिएको छ ।
साथै प्रतियोगितामा १० वर्षसम्मका बालबालिकाहरुलाई प्रवेश निःशुल्क गरिएको छ । त्यसवाहेक दर्शकहरुको सहजताका लागि दशरथ रंगशाला मै खाजाको पनि व्यवस्था गरिएको छ । त्यसका लागि एन्फाले शिवान्स फुड एण्ड वेभरेज प्रा.लि.सँग सम्झौता समेत गरेको छ ।
त्यस्तै एन्फाले प्रतियोगिताको प्रसारण, मार्केटिङ र डिजिटल अधिकार एडी रिलिजलाई दिइएको छ । एन्फाका अनुसार साफ महिला च्याम्पियनसिपको सबै खेलहरु कान्तिपुर म्याक्स एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न ४ करोड ६० हजार ८०० रुपैयाँ खर्च हुने एन्फाले जनाएको छ ।

- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान