
काठमाडौं । केही महिना अघि एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको छनौट खेलतर्फ चर्च ब्वाईज युनाइटेड विरुद्ध खेल्न पारो फुटबल क्लबसँगै नेपाल आएका जापानी सुपरस्टार केइसुके होण्डाले फेरि पारोका लागि खेल्ने भएका छन् ।
त्यतिबेला एएफसी च्यालेञ्ज लिगतर्फ दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाईज विरुद्ध पारोलाई २–१ को जित दिलाउन र च्यालेञ्ज लिगको समूह चरणमा पुर्याउन होण्डाले पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।
चर्च ब्वाईज विरुद्धको खेल लगतै होण्डा जापान फर्किएका थिए । त्यतिबेला उनले पारोसँग एक खेलका लागि मात्र सम्झौता गरेको बताइएको थियो । यद्यपि अहिले उनी फेरि पारो मै फर्किएका छन् । क्लबका अनुसार होण्डाले भुटान प्रिमियर लिगतर्फ पारोका लागि अन्तिम खेल खेल्न भुटान फर्किएका हुन् ।
पारोले लिगको फाइनल खेलका रुपमा थिम्पु सिटी फुटबल क्लबसँग यही अक्टुबर २० तारीखका दिन चाङलिमिथाङ स्टेडियममा फाइनल खेल खेल्दैछ । सोही खेलका लागि होण्ड भुटान फर्किएका हुन् । स्मरण रहोस, पारोले लिग उपाधि भने यसअघि नै जितिसकेको छ ।