News
सातौं बेलबारी आरजु राइस गोल्डकप शुरु, झापा–११ को उत्कृष्ट शुरुवात
बेलबारी । शुक्रबारदेखि शुरु भएको सातौं बेलबारी आरजु राइस गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा झापा–११ फुटबल क्लबले उत्कृष्ट शुरुवात गरेको छ ।
उद्घाटन खेलमा कञ्चनजंगा फुटबल क्लब, सिलिगुडी, भारतलाई ५–१ को फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो । झापाको जितमा उत्सव राईले दुई गोल गरे भने अभिषेक गुरुङ, निकेश श्रेष्ठ र निरज कार्कीले समान १–१ गोल गरे । पराजित कञ्चनजंगाका लागि प्रनिश प्रधानले एक मात्र गोल फर्काएका थिए ।
खेलमा झापाका उत्सव राई म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै झापा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत कार्तिक ३ गते शनिबारको खेल एल.एक्स. सिटी फुटबल क्लब, लक्ष्मीमार्ग, मोरङ र चितलाङ फुटबल क्लब, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय