News
इट्टाभट्टा कपः ह्यापी क्लब फाइनलमा

मेचीनगर । प्रतिस्पर्धात्क जितका साथ ह्यापी क्लब, काकरभिट्टा यहाँ जारी प्रथम इट्टाभट्टा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मेचीनगर–८, झापा स्थित शान्ति वन वाटिकामा भएको सेमिफाइनलतर्फ ह्यापी क्लबले झापा फुटबल क्लब, झापालाई ४–३ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
खेलमा ह्यापी क्लबका आशिष चापागाईं म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा आयोजक आयोजक इट्टाभट्टा फुटबल क्ल्ब र शनिश्चरे फुटबल क्लब बीच हुनेछ ।
इट्टाभट्टा फुटबल क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ९ गतेका दिन हुनेछ ।
Post Comments