
सन्दकपुर । इलामको सन्दकपुर ५ जमुनामा जारी कागे मेला २०८१ को दोस्रो दिन टारी एफसी र आर आर सी प्याङ विजयी भएका छन ।
गजाधर धनमायॉ रंगशालामा मंगलबार सम्पन्न पहिलो खेलमाएफसी रिएलेलाई सडन डेथमा पराजित गर्दै टारी एफसी प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समयमा एक एकको बराबरी भए पछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टि सुटआउटमा पनि चार चार गोलको बराबरी भएपछि नतिजा सडन डेथ मार्फत निकालिएको हो ।
त्यस्तै खुल्ला पुरूष तर्फको मंगलबारको दोस्रो खेलमा टोड्के जुनियरलाई एकका विरूद्ध ६ गोल गर्दै आर आर सी प्याङले शानदार विजयी शुरूवात गरेको छ ।
मेलाको अवसरमा आयोजित भेट्रान्स फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलबाट नुनथला भेट्रान्स क्वाटर फाइनलमा प्रवेश गरेको छ । गुरूङ समाजलाई पेनाल्टिमा पराजित गर्दै नुनथला क्वाटरफाइनल पुगेको हो । निर्धारित समयमा दुइ दुइको बराबरी भएपछि नतिजा पेनाल्टि सुटआउटबाट निकालिएको थियो ।
बुधबार पनि खुल्ला पुरूष फुटबल तर्फ पहिलो चरणका दुइ खेल र भेट्रान्स तर्फ एक खेल हुने जमुना फुटबल क्लबका अध्यक्ष जीवन गुरूङले जानकारी दिनुभयो ।
बिस टिम सहभागि रहेको खुल्ला पुरूष फुटबल तर्फको विजेताले एक लाख पचास हजार सहित तीन वर्षे रनिङ ट्रफि र उपविजेताले पचहत्तर हजार सहित ट्रफि प्राप्त गर्नेछ ।