News हिसुब अष्ट्रेलिया, अन्जल डेनमार्कतिर प्रस्थान
गोलनेपाल

काठमाडौं । फितलो भिजन, कमजोर व्यवस्थापन, अनिश्चित भविष्य र अनिर्णित खेलजगत कै कारण नेपाली खेलाडीहरु विदेश पलायन हुने क्रम जारी रहेको छ । खासगरी पछिल्ला केही वर्ष यता फुटबल खेलाडीहरु विदेशिने क्रम ह्वात्तै बढेको छ ।

अहिले यही सूचीमा थप दुई राष्ट्रियस्तरका खेलाडीहरुको नाम थपिएको छ । पछिल्लो समय राष्ट्रिय फुटबल टोलीमा आफ्नो बलियो उपस्थिति जनाएका क्षमतावान खेलाडी हिसुब थपलिया अष्ट्रेलिया प्रस्थान गरेका छन् भने ए डिभिजन खेलाडी अन्जल गुरुङ डेनमार्क प्रस्थान गरेका छन् । फुटबलमा राम्रो सम्भावना बोकेका हिसुब हालै मात्र अष्ट्रेलिया पुगेका थिए ।

यी दुई खेलाडी प्रतिनिधी पात्र मात्र हुन् । उनीहरुभन्दा अगाडी पनि राष्ट्रियस्तरका कयौं खेलाडीहरुले सुनिश्चित भविष्य कै लागि विदेश पलायन भईसकेका छन् । र, यो सूची निरन्तर लम्बिने क्रम पनि जारी छ ।

Post Comments