News पॉचथर: बराहक्षेत्र कार्तीके पूर्णिमा मेला - उपाधिका लागि नाम्तोक र नुमाफुङ भिड्ने
रमेश समदर्शी

पॉचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङमा जारी ऐतिहासिक बराहक्षेत्र पूर्णीमा मेलाको अवसरमा आयोजित तेह्रौ बराहक्षेत्र खुल्ला पुरूष नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि नाम्तोक क्लब र नुमाफुङ युथ क्लब भिड्ने भएका छन ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा तुम्बेवा फुटबल क्लबलाई पराजित गर्दै नाम्तोक फाइनलमा पुगेको हो । नाम्तोकले तुम्वेवालाई २-१ गोलले पराजित गरेको हो । त्यस्तै दोस्रो सेमिफाइनलमा नेम्बाङ केलाङ समाजलाइ पेनाल्टि सुट आउटमा एकका विरूद्ध तीन गोलले पराजित गर्दै नुमाफुङले फाइनल यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।

प्रतियोगिताको फाइनल खेल मंसिर २ गते आइतबार हुने प्रतियोगिताका खेल संयोजक आइन्द्र फुएलले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद एक लाख दश हजार सहित ट्रफि र उपविजेताले पचहत्तर हजार र ट्रफि प्राप्त गर्नेछन ।

त्यसै गरी खुल्ला महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि भने एस एस एफसी सुकेपोखरीले बात पारेको छ । शुक्रबार सम्पन्न फाइनलमा फेमेसुवा लुम्फाबुङलाइ शुन्यका विरूद्ध दुइ गोलले पराजित गर्दै एस एस ले उपाधि जितेको हो ।

महिला तर्फको विजेताले दश हजार र उपविजेताले पॉच हजार प्राप्त गर्ने टु स्टार ग्रामिण सिर्जनशिल क्लवका अध्यक्ष विजय नेम्वाङले जानकारी दिनुभयो । कार्तीक २७ गते देखि शुरू भएको मेला मंसिर २ गते सकिनेछ ।

Post Comments