काठमाडौं । ललित स्मृति यु–१८ एन्फा युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार नवौं चरणका अन्तिम दुई खेलहरुमा संकटा क्लब र एपिएफ फुटबल क्लबले जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको दिनको पहिलो खेलमा संकटाले खुमलटार फुटबल क्लबलाई ६–३ को फराकिलो अन्तरले हराउँदै तीन अंक जोड्यो ।
यो जितपछि ९ खेलबाट १५ अंक जोडेको संकटा लिगतालिकाको पाँचौं स्थानमा छ । पराजित खुमलटार भने ३ अंकका साथ लिगतालिकाको पुछारमा संघर्षरत छ ।
त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबले थ्रीस्टार फुटबल क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दै आफ्नो खातामा तीन अंक जोड्न सफल भयो ।
यो जितपछि ९ खेलबाट १३ अंक जोडेको एपिएफ लिगतालिकाको आठौं स्थानमा छ । उता पराजित थ्रीस्टार भने समान १३ अंकका साथ गोलभिन्नताले अगाडी रहँदै लिगतालिकाको छैठौं स्थानमा छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा