News
ध्रुवतारा कपः खुलातर्फ दमक ४, भेट्रान्सतर्फ दमक ३ फाइनलमा
दमक । ध्रुवतारा स्र्पोटिङ क्लब, दमक, झापाको आयोजनामा सन्चालन हुदै गरेको थ्रपुतारा कप अन्तर्गत मन्सिर २ गतेको खेलमा भेट्रानतर्फ दमक ३ ले दमक ९ लाई ३(१ ले पराजित गरि फाईनलमा प्रबेश गरेको छ। खेलमा दमक ३ का रेवत श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै खुलातर्फ दमक ४ फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेश गर्ने क्रममा दमक ४ ले दमक ९ लाई २–० को अन्तरले हरायो । खेलमा दमक ४ का अन्जित भुजेल म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत मंसिर ३ गते सोमबार खुलातर्फको दोस्रो सेमिफाइनलमा दमक ३ र बिआरसी बेल्डाङ्गी भिड्ने आयोजकले जानकारी दियो ।
यही मंसिर ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा