News
ध्रुवतारा कपः भेट्रान्सतर्फ दमक १ लाई उपाधि

दमक । ध्रवतारा स्र्पोटिङ क्लब, झापाको आयोजनामा जारी धु्रवतारा कप नकआउट फुटबल प्रतियोगिताको भेट्रान्सतर्फको उपाधि दमक १ ले जितेको छ ।
मंगलबार भएको फाइनलमा दमक १ ले दमक ३ लाई ३–१ को अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । विजेता तथा उपविजेता दुवै टोलीले नगदसहित उचित पुरस्कार हात पारे ।
प्रतियोगिता अन्तर्गत मंसिर ५ गते खुलातर्फको फाइनल खेल हुनेछ । जसमा दमक ३ र दमक ४ उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।
Post Comments