News तेस्रो नागस्वती भेट्रान्स कपः आयोजक नागस्वती, हेटौडा र चितवन भेट्रान्सको विजयी शुरुवात
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मंगलबारदेखि सुरु भएको नागस्वती भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक नागस्वती भेट्रान्स, हेटौडा भेट्रान्स र चितवन भेट्रान्स बिजयी भएका छन् ।

दिनको पहिलो खेलमा नागस्वतीले नव जन जागृती युवा भेट्रान्स, सिमरानाई ३–१ ले हरायो । नागस्वतीका डेबिन श्रेष्ठ प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने खेलाडी बने र पहिलो खेलको म्यान अफ द म्याच समेत बने । यस्तै आजको दोस्रो खेलमा हेटौडा भेट्रान्सले पश्चिम चितवन भेट्रान्सलाई ४–० ले पराजित गर्यो । खेलमा हेटौडाका रितेश थापा म्यान अफ द म्याच बने ।

यस्तै तेस्रो खेलमा चितवन भेट्रान्सले निजगढ भेट्रान्स बारालाई दुईका बिरुद्ध एक गोलले पराजित गरेको छ । बिजेता टिमका बि‍ष्णु दराई खेलको म्यान अफ द म्याच भए । प्रतियोगिता अन्तर्गत मंसिर ५ गते बुधबार ४ खेलहरु हुने आयोजकले जनाएको छ ।

नागस्वती भेट्रान्स क्लब, हेटौडा–७, नागस्वती, मकवानपुरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल मंसिर ८ गतेका दिन हुनेछ ।

Post Comments