News
सहज जितका साथ पुलिसको शिर्षता यथावत
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत उत्कृष्ट लयमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबले लिगतालिकामा आफ्नो शिर्षतालाई यथावत राखेको छ ।
बुधबार भएको ११औं चरणको पहिलो खेलमा पुलिसले चर्च ब्वाईज युनाइटेडलाई ३–१ ले हरायो । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसका लागि कप्तान सुवास बमले दुई गोल गर्दा थप एक गोल चिरन कार्कीले गरे ।
यो जितपछि ११ खेलबाट २६ अंक जोडेको पुलिस शिर्ष स्थानमा यथावत छ । उता पराजित चर्च ब्वाईज भने समान खेलबाट १४ अंकसहित लिगतालिकाको नवौं स्थानमा रहेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा