
हेटौडा । मंगलबारबाट सुरु भएको तेस्रो नागस्वती भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगितामा बुधबार दोस्रो दिन चार खेलहरु सम्पन्न भएका छन् ।
पहिलो खेलमा लेकसाईड भेट्रान्स ले युनिटि भेट्रान्स बिरगंज लाई दुईका बिरुद्ध एक गोलले परिजित गरी क्वाटरफाईनलमा प्रबेश गर्न सफल भएको छ । उक्त खेलमा लेकसाइड भेट्रान्सका कन्या सुब्बा गुरुङ खेलको म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा पशुपति भेट्रान्स हेटौडाले बिरगंज युथ एकेडेमी भेट्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरी क्वाटरफाईनलमा प्रबेश गर्न सफल भएको छ । उक्त खेलमा पशुपति भेट्रान्सका नवराज केसी खेलको म्यान अफ द म्याच घोषित भए ।
तेस्रो खेलमा जोरपाटी भेट्रान्स काठमाण्डौले बिरगंज सिटि भेट्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरी क्वाटरफाईनलमा प्रबेश गर्न सफल भएको छ । उक्त खेलमा जोरपाटी भेट्रान्सका छिरिङ लामा खेलको म्यान अफ द म्याच घोषित भए ।
चौथो खेलमा नागस्वती भेट्रान्स हेटौडाले अभिषेक चर्च रजहरलाई चार शुन्यले पराजित गर्दै क्वाटरफाईनलमा प्रबेश गर्न सफल भएको छ । उक्त खेलमा ह्याट्रिक गरेका नागस्वतीका मिलेन्द्र देवान खेलको म्यान अफ द म्याच घोषित भए ।
नागस्वती भेट्रान्स क्लब, हेटौडा–७, नागस्वती, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल मंसिर ८ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा