News एभरेष्ट प्रथम मैनारानी गोल्डकपको उपाधि नजिक
गोलनेपाल

बेलका । एभरेष्ट फुटबल क्लब यहाँ जारी प्रथम मैनारानी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलतर्फ एभरेष्टले न्यु त्रियुगा स्पोर्टस क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि मेखबारी खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ न्यु त्रियुगाका लागि सुनिल खड्काले शुरुवाती गोल गरे तापनि आकाश राईले एभरेष्टका लागि बराबरी गोल फर्काएका थिए ।

टाईब्रेकरमा भने एभरेष्टले न्यु त्रियुगामाथि ४–२ को जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भयो । खेलमा एभरेष्टका आकाश राई म्यान अफ दि म्याच समेत घोषित भए ।

पञ्चकन्या फुटबल क्लब, बेलका–८, कोठुको आयोजनामा जारी प्रतियोगितामा कुल आठ टोलीहरु सहभागि छन् । प्रतियोगिताको फाइनल खेल भने यही मंसिर १४ गतेका दिन हुनेछ ।

प्रतियोगिता अन्तर्गत मंसिर १३ हुने फाइनलमा एभरेष्टले गाईघाट फुटबल क्लबसँग उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।

Post Comments