News फुङ्नाम च्यालेञ्ज कपः आशेटार र आरटिएफसी सेमिफाइनलमा
गोलनेपाल

चुलाचुली । आशेटार केयर क्लब र आरटी फुटबल क्लब यहाँ जारी पाँचौं फुङ्नाम च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनलतर्फ आशेटारले जनता फुटबल क्लबलाई ३–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । खेलमा आशेटारका प्रमोद नेपाल म्यान अफ दि म्याच बने ।

त्यस्तै चौथो तथा अन्तिम क्वाटरफाइनलतर्फ आरटीएफसीले रचना फुटबल क्लबलाई ४–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । खेलमा आरटीएफसीका ह्याट्रिककर्ता रिचार्ड म्यान अफ दि म्याच चुनिए ।

फुङनाम स्र्पोटिङ क्लब, चुलाचुली, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १४ गतेका दिन हुनेछ ।

Post Comments