News
म्याग्दीमा लायन्स कप छात्रा फुटबल शुरु
बेनी । म्याग्दीको बेनीमा शुरु भएको लायन्स कप छात्रा फुटबल प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेलहरु सम्पन्न भएका छन् ।
दिनको पहिलो खेलमा न्यु वेस्ट प्वाईन्टले प्रकाश माविलाई शून्यका विरुद्ध २ गोलले हरायो । दोस्रो खेलमा बेनी कम्युनिटीले म्याग्दी एकेडेमीलाई समान २–० ले निराश तुल्यायो ।
त्यस्तै तेस्रो खेलमा धौलागिरी माविले लिटिल गार्डेन एकेडेमीलाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्यो । दिनको चौथो खेलमा भने बेनी बोर्डिङ्ग स्कुलले गलेश्वर सेकेण्डरी बोर्डिङ स्कुललाई समान ३–० को अन्तरले निराश बनायो ।
लायन्स क्लब अफ बेनी लभ्लीहिल, म्याग्दीको आयोजनामा शुरु भएको प्रतियोगितामा कुल १० विद्यालयका छात्रा फुटबल टोलीहरु सहभागि छन् । प्रतियोगिताको समापन यही मंसिर १५ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- मझिया स्मृति कप महिला फुटबल : तेह्रथुम र ललितपुर फाइनलमा
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने