फुङलिङ । शनिबारदेखि शुरु भएको दोस्रो चासोक तङनाम कञ्चनजंघा सेसेलुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा सम्दु फुटबल क्लब, तेह्रथुमले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा सम्दुले घरेलु टोली कञ्चनजंघा फुङलिङ क्लब, ताप्लेजुङलाई सडन डेथमा हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
भानु माविको खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ सम्दुका लागि दुवै गोल सन्दिप लिम्बुले गरे भने कञ्चनजंघाका लागि अनुप सन्दाङ र पवन नियोहाङले गरेका थिए । निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा सम्दु विजयी बनेको हो ।
खेलमा सम्दुका लागि दुई गोल गरेका सन्दिप लिम्बु म्यान अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । यो जितसँगै सम्दु सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंसिर १६ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल डाँगीहाट फुटबल क्लब, मोरङ र रेड डेभिल्स मजोमाई, इलामबीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङनामले गरेका थिए ।
चासोक तङनाम संचालन समिति, ताप्लेजुङको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०२,०८१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,०८१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई