News आयोजक डिपिएस फाइनलमा, उपाधिका लागि सनसाईन स्कुलसँग भिड्ने
गोलनेपाल

बिराटनगर । संघर्षपुर्ण जितका साथ आयोजक दिल्ली पब्लिक स्कुल (डिपिएस) जारी दोस्रो डिपिएस रनिङ्ग शिल्ड अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा डिपिएसले अर्पन इङलिस स्कुललाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ डिपिएसका लागि अनुराग पोदारले गोल गरे भने अर्पनका लागि दिवस कटुवालले गोल गरेका थिए ।

यद्यपि टाईब्रेकरमा भने डिपिएसले ३–० ले नतिजा आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गर्यो । खेलमा डिपिएसका इशान धिमाल प्लेयर अफ दि म्याच घोषित भए । डिपिएसले अब यही मंसिर २१ गते हुने फाइनलमा सनसाईन स्कुलसँग उपाधिका लागि भिड्नेछ ।

 

Post Comments