
हेटाैडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पौष १० गतेबाट सञ्चालन हुने भएको छ ।
बागमती प्रदेश फुटबल संघ (एन्फा)को आयोजनामा हुने फुटबल प्रतियोगिताको समन्वय मकवानपुर जिल्ला फुटबल संघ तथा स्थानिय प्रतिभा युवा क्लब र पिप्ले युवा क्लबको सहकार्यमा बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुन लागेको हो ।
जिल्ला लिगका बिजेता टिमले यश प्रदेश लिगमा सहभागी हुनेछन् । प्रतियोगिता हेटौंडाको हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)का बागमती प्रदेश महासचिव लबराज ठकुरीले जानकारी दिए ।
प्रतियोगितामा बागमती प्रदेशका ११ जिल्लाका क्लबहरु सहभागी हुनेछन् । खेल लिगकम नकाउट आधारमा हुने छ । प्रतियोगीता बिजेता र उपविजेता टिमले प्रेसिडेन्ट कप खेल्ने अवसर पाउनेछन् ।
खेलमा बिजेता उपबिजेता लगायत विधागत उत्कृष्ट खेलाडिलाई शिल्ड मेडल तथा प्रमाणपत्रका साथै नगद पुरस्कार प्रदान गरिने छ । स्मरण रहोस, पहिलो सस्करणको प्रदेश लिग नुवाकोटमा भएको थियो । उक्त प्रतियोगितामा धादिङ समाज धादिङ विजेता बनेको थियो ।