News
महिला लिगको फाइनल चरणको खेलतालिका सार्वजनिक
काठमाडौं । अखिल नेपाल फुटबल संघ –एन्फा) ले महिला लिगको फाइनल चरणको लिगको खेलतालिका सोमबार सार्वजनिक गरेको छ ।
अन्तिम चरणको लिग खेलमा एपिएफ,आर्मी, पुलिस, वालिङ नगरपालिका र बागमती युवा क्लब गरी कुल पाँच टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । स्मरण रहोस, अन्तिम समयमा आएर कोशी प्रदेशले सहभागिता नजनाउने भएपछि बागमतीले अवसर पाएको हो ।
सहभागि कुल पाँच टोलीहरुले एक अर्काबीच डबल राउण्ड रोबिन लिगका आधारमा खेल्नेछन् । एन्फाले निकालेको खेलतालिका अनुसार लिग चरणका खेलहरु एन्फा कम्प्लेक्समा हुनेछन् भने इलिमिनेटर, क्वालिफायर र फाइनल खेल दशरथ रंगशालामा हुनेछन् ।
पुष १८ गते हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र बागमती युथ क्लब भिड्ने छन् । लिगको समापन भने माघ १६ गतेका दिन हुनेछ ।
खेलतालिका हेर्नुहोस्ः

Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश