News प्रथम लोकतान्त्रिक कपः कचनकवल सेमिफाइनलमा
गोलनेपाल

गौरादह । संघर्षपुर्ण जित निकाल्दै कचनकवल गाउँपालिका जारी प्रथम लोकतान्त्रिक कप झापा जिल्ला पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वाटरफाइनलतर्फ कचनकवलले भद्रपुर नगरपालिकालाई सडन डेथमा हराएर अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको छिनोफानो पेनाल्टीबाट लिइएको थियो ।जसमा कचनकवल विजयी बन्यो ।

खेलमा कचनकवलका अभिषेक गुरुङ्ग म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत पुष २ गते मंगलबारको क्वाटरफाइनल खेल झापा गाउँपालिका र कमल गाउँपालिका बीच हुने आयोजकले जानकारी दियो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ नगर समिति, गौरादह, झापाको आयोजनामा जारी प्रतियोगितामा झापा जिल्लाका कुल ११ पालिकाका फुटबल टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल पुष ६ गतेका दिन हुनेछ ।

 

Post Comments