News
बागमती प्रदेश लिगको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)
हेटौडा । अखिल नेपाल फुटबल संघ (एन्फा) र बागमती प्रदेश फुटबल संघको संयुक्त आयोजनामा हुन गईरहेको दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
हेटौडा स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा पुष १० गतेका दिन काठमाडौं र काभ्रेपलाञ्चोक जिल्ला भिड्ने खेलतालिकामा उल्लेख छ । प्रतियोगिताको फाइनल र समापन पुष २० गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
खेलतालिका हेर्नुहोस्ः

Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)