साँवा । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवा थलङमा जारी क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि हिमाली तोक्मेगोला पापुङ र यातायात व्यवसायी संघ ताप्लेजुङ भिड्ने भएका छन ।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा हिमाली तोक्मेगोला पापुङले सिसास खोक्लिङलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको हो । दोस्रो सेम्फाइनलमा थुकिमालाई शुन्यका विरूद्ध तीन गोलले पराजित गर्दै यातायात व्यवसायी संघ फुङलिङले फाइनलमा हिमाली तोक्मेगोलासंगको भेट पक्का गरेको हो।
फाइनल खेल शुक्रबार दिनको १ बजे हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ नगदसहित ट्रफी पाउनेछ । उपविजेताले ६१ हजारमा चित्त बुझाउने छ ।
सेमिफाइनलबाट बाहिरिने टिमलाइ सान्त्वना स्वरूप दश हजार प्रदान गरिएको थियो ।
खेलकुद क्षेत्रको विकाससँगै खेलकुदका माध्यममार्फत मिक्वाखोला गाउँपालिकामा रहेका फुङ्फुङे झरनासहितका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका मणि कुमार थलङले बताउँनुभयो।
प्रतियोगिताका लागि मुख्य प्रायोजक मिक्वाखोला गाउँपालिका र प्रायोजकको भूमिकामा मध्य मेवा डेभलपर्स प्रालि रहेको पनि आयोजकले जनाएको छ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई