News
१७औं फेका कपः गेटवे र ब्रम्हकुञ्ज फाइनलमा
काठमाडौं । डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमी र ब्रम्हकुञ्ज १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
मूलपानी मैदानमा भएको पहिलो सेमिफाइनलमा गेटवेले ओरियन्टल एकेडेमीलाई ५–२ गोलले पराजित गर्यो । गेटवेका प्रतीक रायमाझीले ह्याट्रिक गरे भने दर्शन केसी र प्रदीप खत्रीले १–१ गोल थपे । प्रतीक ‘म्यान अफ द म्याच’ घोषित भए ।
फेकाको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा ब्रम्हकुञ्जले हाइली क्रिएटिभलाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । विजेताका सन्दिप राई ‘म्यान अफ द म्याच’ चुनिए ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन