साँगा । उत्कृष्ट जितका साथ प्रतिष्ठित ३०औं आइजिपी रनिङ ट्रफी विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि एपिएफ स्कुल, किर्तिपुरले जितेको छ ।
फाइनलमा एपिएफ स्कुलले नेपाल पुलिस स्कुल (रातो), साँगालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै विजेता बन्न सफल भएको हो । विजेता बनेको एपिएफ स्कुलले उपाधिसहित नगद ६० हजार हात पार्यो ।
उपविजेता नेपाल पुलिस स्कुलले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्दा तेस्रो बनेको नेपाल पुलिस स्कुल, धरानले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक एपिएफका रोशन बुढा बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार एपिएफ कै अबिन बस्यालले हात पारे । फेयर प्ले टिम नेपाल पुलिस स्कुल, दाङ बन्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस स्कुल, साँगाका नसिब हेन्जन घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा, बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहाल लगायतले पुरस्कृत गरेका थिए ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन