News
फाल्गुनन्द गोल्डकपः दोस्रो दिन टिकटबाट एक लाख २७ हजार बढि संकलन
फिदिम । पॉचथरको फिदिममा जारी प्रतिष्ठित ११औँ फाल्गुन्द गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो दिन आइतबार १ लाख २७ हजार ८०० बराबरको टिकट बिक्री भएको छ ।
मच्छिन्द्र फुटबल क्लब, काठमान्डौ र झापा ११ बिच भएको खेलमा रू १५० का दरले उक्त रकम बराबरको टिकट बिक्री भएको आयोजकले जानकारी दियो ।
त्यस्तै सोमबार हुने फिदिम स्पोर्टिङ क्लब र त्रीभुवन आर्मी बिचको पहिलो क्वाटर फाइनलमा टिकट दर रू २०० रहने फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।
दश टिमको सहभागिता रहेको गोल्डकप पुस ६ गते देखि १५ गते सम्म सन्चालन हुनेछ। विजेताले १० लाख ५ सय ५५ र उपविजेताले ५ लाख ५ सय ५५ प्राप्त गर्नेछन ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश