News
उपाधितर्फ अग्रसर पुलिस, एनआरटीले पछ्याउँदै
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिगतर्फ लिगलिडर नेपाल पुलिस क्लब उपाधितर्फ अग्रस हुँदा दोस्रो स्थानको टोली न्युरोडटिम (एनआरटी) ले पछ्याइरहेको छ ।
लिग अन्तर्गत आइतबार भएको २०औं चरणका अन्तिम दुई खेलहरुमा पुलिस र एनआरटीले उत्कृष्ट जित हात पारे । एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले मनाङ मस्र्याङ्दी क्लबलाई ५–० ले हरायो ।
यो जितपछि २० खेलबाट ४५ अंक जोडेको पुलिस लिगतालिकाको शिर्ष स्थानमा कायम छ । उता पराजित मनाङ भने २५ अंकका साथ आठौं स्थानमा छ ।
त्यस्तै अर्को खेलमा एनआरटीले जावलाखेलमाथि ५–२ को जित निकाल्यो । यो जितपछि २० खेलबाट ४१ अंक जोडेको एनआरटी दोस्रो स्थानमा छ । पराजित जावलाखेल भने २६ अंकका साथ सातौं स्थानमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा