पथलैया । रामवन कुनाटोल क्लबले दोस्रो पथलैया नकआउट फूटबल प्रतियोगिताको उपाधी उचालेको छ । पथलैयास्थित गैरी खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा चकरी फूटबल क्लबलाई १-० ले पराजित गर्दै रामवनले उपाधी उचालेको हो ।
रामवनलाई उपाधि दिलाउन रिकेश मगरले निर्णायक गोल गरेका थिए । उपाधीसंगै रामवनले २५ हजार र उपविजेता चकरीले १५ हजार हात पारेको छ ।
प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट चकरीका मनिष क्षेत्री घोषित भए । यसैगरी उत्कृष्ट गोलरक्षक रामवनका विशाल लामा घोषित भएका छन् ।
प्रतियोगिताको विजेता र उपविजेता टिमका खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, वडासदस्य राकेश सुब्बा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण आले, प्रतियोगिता संयोजक नवराज अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए ।
पथलैया दिव्य ज्योती क्लबको आयोजनमा मंसिर २२ गतेदेखी सुरु भएको प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।
मैत्रीपूर्ण महिला फूटबलमा आयोजक विजयी
त्यसैगरी पथलैया नकआउट फूटबल प्रतियोगिताको फाइनल समारोहको अवसर पारेर आयोजना गरिएको मैत्रीपूर्ण महिला फूटबलमा दिव्य ज्योती क्लब विजयी भएको छ । दिव्य ज्योतीले एनजेजेभिसी सिमरालाई २-० ले पराजित गरेको हो ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)