
फर्साटिकर । रुपन्देहीबाट मोफसलको फुटबलमा आफूलाई उभ्याउन प्रयासरत र परिचित फर्साटिकर युवा क्लब, फर्साटिकरको आयोजनामा यही पुष २० गतेदेखि शुद्धोधन गाउँपालिका १२औं फर्साटिकर कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
शुद्धोधन गाउँपालिका–४ स्थित फर्साटिकर उच्च माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा पुष २० गतेका दिन भैरव स्पोर्टस क्लब, नवलपरासी र समपुर्ण युवा क्लब, सुपौली भिड्ने छन् । रुपन्देही, नवलपरासी, नवलपुर, पाल्पा र भारतका गरी कुल १२ टोलीहरु सहभागि हुने प्रतियोगिताको फाइनल खेल माघ २ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक अकरम अलीले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक अलीले बताए ।
त्यस्तै प्रतियोगिता सम्पन्न गर्न करिब १८ लाख ६० हजार १० रुपैयाँ खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक सिद्धान्त भट्टराईले बताए । प्रतियोगिता सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए ।
स्मरण रहोस, प्रतियोगिताको ११औं संस्करण समपुर्ण युवा क्लब, सुपौलीले जितेको थियो । फाइनलमा सपमुर्णले विश्व शान्ति युवा क्लब, सालझण्डीलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।
खेलतालिका पनि हेर्नुहोस्ः