News
अब आफ्नै भवनमा फर्साटिकर क्लब
फर्साटिकर । जिल्लाको सफलतम क्लब मध्ये एक र हाल रुपन्देही लिग च्याम्पियन समेत रहेको फर्साटिकर युवा क्लबले आफ्नै नयाँ भवन तयार गरेको छ । अब क्लबले गर्ने नियमित गतिविधी लगायतका काम कारवाहीहरु आफ्नै क्लब कार्यालयबाट गर्ने क्लबका अध्यक्ष मुकेश कुँवरले बताए ।
१२औं फर्साटिकर कपको पत्रकार सम्मेलन कै अवसर पारी क्लबले आफ्नो नवनिर्मित भवनको उद्घाटन समेत गरेको थियो । भवनको उद्घाटन शुद्धोधन गाउँपालिका वार्ड नम्बर ४ का वार्ड अध्यक्ष केशव प्रसाद अधिकारीले गरेका थिए ।
सो अवसरमा क्लबका संरक्षक चक्र बहादुर कुँवर, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, कार्यवाहक सचिव विष्णु पंगेनी, क्लबका सदस्य, सञ्चारकर्मी, बुद्धिजिवी र अन्य जनप्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो ।
Post Comments