News प्रथम जेनिथ कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

किर्तिपुर । जेनिथ युथ क्लब, सुनवल–३, किर्तिपुरको आयोजनामा हुन गईरहेको प्रथम जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

सुनवल–३, किर्तिपुर स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । जसअन्तर्गत पुष १७ गते हुने उद्घाटन खेलमा उदय युवा क्लब, धर्मवस्ती र शिवपुर एफसी, बुटवल भिड्ने छन् । कुल १६ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल माघ ३ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष निकेश गुरुङले जानकारी दिए ।

अध्यक्ष निकेश गुरुङका अनुसार नवलपरासी र आसपासका जिल्लामा रहेका स्थानीय क्लब, खेलाडीहरुलाई अवसर प्रदान गर्न र मोफसलको फुटबल प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताले सुनवल नगरको पहिचान बनाउन पनि थप टेवा पुग्ने विश्वास लिएको अध्यक्ष गुरुङले बताए ।

Post Comments