News पनौतीमा लक्ष्मी नारायण (लक्ष्य) स्मृति कप हुने
गोलनेपाल

पनौती । मानेश्वरी ब्वाईज क्लब तथा मानेश्वरी महिला समूह, पनौती–७, काभ्रेपलाञ्चोकको आयोजनामा आउँदो फागुन ३ गतेदेखि लक्ष्मी नारायण (लक्ष्य) स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

पनौती क्षेत्रीय रंगशालामा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क १५ हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजारसहित ट्रफी हात पार्नेछ भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १०–१० हजार र ट्रफी हात पार्नेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पनि नगद २५०० र ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताबारे थप जानकारीका लागि सम्पर्क नम्बरहरु मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

Post Comments