News झापाः जीजीआर फुटसलमा आठ टोली क्वाटर फाइनलमा
रमेश समदर्शी

झापा । प्रथम जीजीआर मेमोरियल खुला फुटसल प्रतियोगितामा ८ टोलीले जित दर्ता गर्दै क्वाटर फाइनल खेलमा प्रवेश गरेका छन् ।

रेड स्टार एफसी बिर्तामोडका उपाध्यक्ष स्व. ज्ञानेन्द्र राउत र खेलप्रेमी उनका बुबा स्व. गणेश राउतको स्मृतिमा आयोजित फुटसलमा १६ टोलीको सहभागिता रहेको छ ।

मेचीनगर १० गोलबारीस्थित रेड स्टार फुटसलको आयोजनामा शनिबारदेखि भएको उद्घाटन खेलमा गोलबारी एफसीले आसमान एफसीलाई हराएको आयोजक रेड स्टार फुटसलका अध्यक्ष देवेन्द्र राउतले जानकारी दिए ।

त्यस्तै, धुलाबारी बिइइले रियल स्टार दमक, बिसिवाइएफ एफसीले रेड स्टार एफसी, भेडास इलामले आदर्श स्कुल बिर्तामोड र गोलबारी गाउँ एफसीले निदि स्कुल बिर्तामोडलाई हराउँदै अन्तिम आठमा स्थान पक्का गरे ।

त्यस्तै, अन्तिम विकल्प एफसी बिर्तामोडले इँटाभट्टा एफसी, रेड स्टार गोलबारी फुटसलले मध्यपूर्व चारआली र विर्ता सिटी हस्पिटल बिर्तामोडले मार्कस एफसी सिलिगडी भारतलाई पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरे ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल पुस २१ गते हुने फुटसलका सचिव प्रेमकृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गर्नेछ ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले दुई हजार पाउँदा गोलकिपरले एक हजार ५०० रुपैयाँ, ट्रफी र मेडल पाउनेछ । सेमिफाइनल र फाइनलको प्लेयर अफ द म्याचले एक हजार र ट्रफी पाउने अध्यक्ष राउतले बताए ।

Post Comments