News गोल्डेन इमिनेन्ट २६औं माडी गोल्ड्कपको खेलतालीका सार्वजनिक
गोलनेपाल

बसन्तपुर । बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर बजार, चितवनको आयोजनामा हुन गईरहेको गोल्डेन इमिनेन्ट २६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेलतालीका सार्वजनिक गरिएको छ ।

माडी माबिको खुला मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा माघ ६ गतेका दिन हनामी बिएफसी, भरतपुर र अभिषेक चर्च रजहर भिड्नेछन । कुल ८ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने माघ १२ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments