News
कुसुन्ती र बीबीसी उपाधिका लागि भिड्दै
ललितपुर । आयोजक कुसुन्ती ‘बी’ र बीबीसी भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।
जावलाखेल मैदानमा भएको पहिलो सेमिफाइनलमा कुसुन्ती ‘बी’ ले थर्ड आई भेट्रानलाई ४–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि कृष्णबहादुर राई, बुद्ध लामा, सुवास कार्की र सविन श्रेष्ठले समान १–१ गोल गरे । थर्ड आईका किरण केसीले सान्त्वना गोल गरे ।
अर्को सेमिफाइनलमा बीबीसीले जोरपाटी एफसीलाई १–० गोलले हरायो । बीबीसीका नवीन न्यौपानेले निर्णायक गोल गरे । फाइनल खेल आज हुँदै ।
Post Comments
Related News
- बसन्त गौचन फुटबल एकेडेमीको 'तीन दिने फुटबल प्रशिक्षण क्याम्प' सुरु
- च्यासल फुटबल मैदानको मर्मत सुरु
- ललितपुरमा खुला फुटसल हुँदै, विजेताले १ लाख पाउने
- रातो मच्छिन्द्रनाथ कप ललितपुर जिल्ला व्यापी अन्तर विद्यालय फुटसल हुँदै
- गाेदावरी र दक्षिणकाली सेमिफाइनलमा भिड्ने, काेन्ज्याेसाेम र कीर्तिपुर आईतबार खेल्दै