काठमाडौं । यसै सिजनदेखि भारतको चर्चित आई लिगमा दिल्ली फुटबल क्लबका लागि खेलिरहेका नेपालका चर्चित मिडफिल्डर लाकेन लिम्बुको टोली दिल्ली लिगमा सम्भावित हारबाट जोगिएको छ ।
दश खेलाडीमा खुम्चिनुका बावजुद दिल्लीले लिगको आठौं चरणको खेलतर्फ शिर्ष तीनमा रहेको राजस्थान फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै सम्भावित हार टारेको छ ।
खेलको ६७औं मिनटमा थोक्चोम जेम्स सिंहले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा टोली दश खेलाडीमा खुम्चिएको थियो । जसको फाईदा राजस्थानले उठायो । खेलको ७०औं मिनटमा एलेन ओयर्जुनले पेनाल्टीबाट राजस्थानका लागि गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाए ।
तर खेलको अन्तिमतिर ८३औं मिनटमा नेल्सन ओक्वाले दिल्लीका लागि गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा टुंग्याएका थिए भने टोलीको सम्भावित हार समेत टारेका थिए ।
खेलमा लोकनले टोलीको पहिलो रोजाई मै रहेर पूरा समय खेले । यो नतिजापछि ८ खेलबाट ९ अंक जोडेको दिल्ली लिगतालिकाको सातौं स्थानमा छ । उता राजस्थान भने सात खेलबाट ११ अंकका साथ तेस्रो स्थानमा छ । शिर्ष स्थानमा भने १६ अंकका साथ चर्चिल ब्रदर्श रहेको छ ।
(Photo: Delhi FC)
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल