News
दॉगपा माघेनी मेला : तेस्रो दिन पुरूषतर्फका ५ खेल सम्पन्न
लालिगुराँस । तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका ५ दाँगपामा शनिबार देखि शुरू भएको माघेनी मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिताको तेस्रो दिन सोमबार पुरूष तर्फ ५ खेल सम्पन्न भएका छन ।
पहिलो खेलमा कुसाङ एफसी विजयी भएको छ। दोस्रोमा लुङमाहिम,तेस्रोमा आयोजक बि,चौथोमा कालिका जुनियर र पॉचौ खेलमा चोलुङ नालिगेन विजयी भएका हुन ।
प्रतियोगिताको पुरूष तर्फ विजेताले १ लाख १ हजार १११ र उपविजेताले ५० हजार ५५५ प्राप्त गर्नेछन । त्यसैगरी महिला तर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउँनेछन ।
जालपा युवा क्लबले आयोजना गरेको प्रतियोगितमा पुरूष तरफ २२ र महिला तर्फ ८ टिमको सहभागिता रहेको छ ।
Post Comments
Related News
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि