काठमाडौं । नेपालको चर्चित फुटबल क्लब त्रिुभवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्सको मान्यता पाएको छ । यो कुराको पुष्टी मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत गरेको छ ।
यो निर्णयसँगै आर्मीले अब एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने फुटबल गतिविधीहरुमा नेपालको प्रतिनिधित्व गर्न सक्षम भएको छ । साथै आर्मीको नयाँ नाम त्रिभुवन आर्मी फुटबल क्लब भएको छ ।
स्मरण रहोस, यसअघि एएफसीले नेपालका १३ ए डिभिजन क्लबहरुको एएफसी क्लब लाइसेन्स प्रक्रियालाई अस्वीकृत गर्नुका साथै रद्द गरेको थियो । एएफसीको यो निर्णयपछि नेपालका क्लबहरुले वार्षिक रुपमा आयोजना हुने प्रतिष्ठित एएफसी कपमा समेत सहभागिता जनाउन पाएका थिएनन् ।
आर्मीले क्लब लाइसेन्सिङका लागि एएफसी समक्ष निवेदन सहित अपिल पनि गरेको थियो । एएफसीले तोकेको नियमअनुसार नै एएफसी क्लब लाइसेन्सका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेपछि आर्मीले सो मान्यता पाएको हो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै