News
सिक्किमः चिफ मिनिस्टर गोल्डकपको फाइनलमा झापा र चर्च ब्वाईज भिड्ने
काठमाडौं । सिक्किमको जोरेथाङमा जारी दशौं अल इण्डिया चिफ मिनिस्टर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिताको फाइनलमा नेपालका दुई टोली झापा–११ फुटबल क्लब र चर्च ब्वाईज युनाइटेड उपाधिका लागि भिड्ने भएका छन् ।
आइतबार जोरेथाङ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा झापाले सुदेवा एफसी, दिल्लीलाई २–१ ले हराउँदै फाइनलमा चर्च ब्वाईजसँगको भेट पक्का गरेको हो । खेलमा झापाका बिजय भुजेल म्यान अफ द म्याच घोषित भए ।
नाम्ची जिल्ला फुटबल संघ, सिक्किमको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल २१ जनवरी (माघ ८ गते) मंगलबारका दिन झापा र चर्च ब्वाईजका बीच हुनेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल