दमक । आयोजक चुलाचुली फुटबल क्लब जारी दुम्सेली खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा चुलाचुलीले बी १६ वाई.एफसी लाई शुन्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारको यात्रा पक्का गरेको हो ।
चुलाचुली खेलमैदानमा भएको कडा प्रतिस्पर्धात्मक खेलको पाँचौं मिनटमै माल्दिना आङ्गथुम्पोले पेनाल्टीबाट गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलको म्यान अफ द म्याच पनि आङ्गथुम्पो नै घोषित भए ।

प्रतियोगिता अन्तरगत पुष १० गते शुक्रबारको पहिलो सेमिफाइनल खेल नर्थ राधानगर फुटबल क्लब, मोरङ र बिर्तामोड युनाइटेड, झापाबीच हुने आयोजकले जनाएको छ ।
चुलाचुली फुटबल क्लब, दमक झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो पुष १२ गतेका दिन हुनेछ ।

- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा