नेपालगन्ज । संघीय सरकारका पूर्व खेलकुद मन्त्री एवम् नेकपा माओवादीका नेता महेश्वर गहतराज अथक नेतृत्वको टोलीले छिटै शुरु हुन लागेको लुम्बिनी कप महिला फुटवल प्रतियोगिता तयारीका बारे जानकारी लिएको छ ।
प्रतियोगिता आयोजनास्थल नेपालगञ्ज रंगशाला र सचिवालयको अनुगमन गर्ने क्रममा पूर्व मन्त्री अथक नेतृत्वको टोलीले हालसम्म भएका कार्यप्रगतिका बारेमा जानकारी लिएको हो ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ देखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा भारतका दुई र नेपालका ६ सहित आठ टीमको सहभागिता रहने जनाइएको छ ।
अनुगमनका क्रममा पूर्वमन्त्री अथकलाई अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले अहिलेसम्म भएका तयारीका सम्बन्धमा जानकारी गराउँदै प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन सरकारी तथा निजि क्षेत्रवाट सहयोग हुनुपर्नेमा जोड दिए ।
त्यस अवसरमा पूर्वमन्त्री अथकले सबै पक्षलाई समेटेर लैजान सकियो भने प्रतियोगिता अवश्य सफल हुने विश्वास व्यक्त गर्दै आप्mनो तर्पmवाट सबैखाले सहयोग रहने प्रतिबद्धता जनाए ।
अनुगमन टोलीमा सहभागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य दिपेन्द्र विष्टले प्रतियोगिता संचालनका लागि आवश्यक रंगशालाको भौतिक पूर्वाधारलाई सुधार गर्न केन्द्रीय तहमै कुरा गर्ने बताए ।
अनुगमन टोलीमा राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेश सदस्य जनक केसी, बाँके जिल्ला फुटबल संघका सदस्य कर्ण बस्नेत, साविक मध्यपश्चिम खेलकुद विकास समिति लुम्बिनी प्रदेशका प्रमुख महेश चन्द्र, लुम्बिनी कप महिला फुटबल मिडिया संयोजक नीरज गौतम, सचिवालय प्रमुख रमेश मल्ल, समन्वय तथा परिचालन उपसमिति संयोजक तेजविक्रम शाहलगायतको उपस्थिति रहेको थियो ।