News
दोस्रो सोबर रिकभरी कप चैत तेस्रो साता
काठमाडौं । फुटसल खेलको माध्यमबाट लागुऔषध विरुद्ध सचेतना जगाउने उद्देश्यका साथ सोबर रिकभरी, काठमाडौंको आयोजनामा दोस्रो सोबर रिकभरी कप फाईभ ए साईड फुटसल प्रतियोगिता आगामी चैत २१ र २२ गतेका दिन हुने भएको छ ।
जोरपाटी फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १० हजार तोकिएको छ । प्रतियोगितामा देशैभरिका दुव्र्यसन पूर्नस्थापना केन्द्रका फुटसल टोलीहरुले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- ठमेल ११ लाई प्रथम खुल्ला फुटसल प्रतियोगिता २०८३ को उपाधि
- रुपन्देहीमा अन्तर माविस्तरीय अक्सफोर्ड नेपाल फुटसल कप हुँदै
- बुद्ध युवा क्लबलाई दोस्रो बेस्ट लाईफ कप रिकभरी फुटसलको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न