News सहज जितका साथ एपिएफद्वारा उपाधि रक्षा
गोलनेपाल

काठमाडौं । सहज जितका साथ साविक विजेता एपिएफ फुटबल क्लबले एन्फा महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि रक्ष ागर्न सफल भएको छ ।

बुधबार दशरथ रंगशालामा भएको फाइनलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै उपाधि रक्ष ागर्न सफल भएको हो ।

एपिएफको जितमा सबिता राना मगरले दुई गोल गरीन् भने थप दुई गोल सरु लिम्बु र अनु लामाको नाममा रह्यो । प्रतियोगिताभरि अपराजित रहेको एपिएफले उपाधि जिते वापत उपाधिसहित नगद १० लाख हात पार्दा उपविजेता पुलिसले ५ लाखमा चित्त बुझायो ।

Post Comments