News
सबिता बनिन् लिग कै सर्वश्रेष्ठ खेलाडी
काठमाडौं । बुधबार सम्पन्न एन्फा महिला लिगको फाइनलमा एपिएफले पुलिसलाई ४–० ले हराउँदा दुई गोल समेत गरेकी एपिएफकी सबिता राना मगर प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी चुनिएकी छिन् ।
लिग कै सर्वश्रेष्ठ खेलाडी बनेकी सबिताले नगद १ लाख र ट्रफी हात पारिन् । अन्य विधातर्फ एपिएफकी रेनुका नगरकोटी फाइनल खेलको प्लेयर अफ दि म्याच बनिन् । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारिन् ।
त्यस्तै अन्य विधातर्फ एपिएफ कै साबित्री किसन उत्कृष्ट गोलरक्षक बनिन् । त्यसवापत उनले नगद ५० हजार र ट्रफी हात पारिन् । एपिएफकी रश्मी कुमारी घिसिङले सर्वाधिक गोलकर्ताको पुरस्कार वापत नगद ५० हजार र ट्रफी प्राप्त गरिन् ।
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब प्रतियोगिताको फेयर प्ले टिम बन्यो । त्यसवापत आर्मीले नगद १ लाख ५० हजारसहित ट्रफी हात पार्यो ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित