News
पॉचथरः मिक्लाजुङ वडा स्तरीय पुरूष तथा महिला फुटबल प्रतियोगिता फागुन ४ गतेदेखि (खेलतालिकासहित)

मिक्लाजुङ । पॉचथरको मिक्लाजुङ गाउँपालिकामा फागुन ४ गते देखि १० गते सम्म वडा स्थरीय पुरूष तथा महिला फुटबल प्रतियोगिता सन्चालन हुने भएको छ ।
वडा नम्बर ४ स्थित अमरदिप खेल मैदानमा सन्चालन हुने प्रतियोगिता पुरूष तर्फको सातौ र महिला तर्फको छैटौ संस्करण भएको आयोजकले जानकारी दियो ।
पुरूष तर्फको विजेताले २५ हजार सहित रनिङ ट्र्फि र उपविजेताले २१ हजार ट्रफि तथा महिला तर्फको विजेताले ४० हजार सहित ट्रफि र उपविजेता २१ हजार सहित ट्रफि प्राप्त गर्ने छन ।
विधागत उत्कृष्टहरुलाई उचित पुरस्कार रहेको मिक्लाजुङ गाउँपालिका खेलकुद समिति अध्यक्ष विरेन्द्र राइले जानकारी दिए ।
मिक्लाजुङ गाउँपालिकाले खेलाडी उत्पादन तथा खेल क्षेत्रको विकासका लागि प्रत्येक वर्ष वडा स्तरीय प्रतियोगिता आयोजना गर्दै आइरहेको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए ।
हेर्नुहोस खेलतालिकाः

Post Comments