शनिश्चरे (झापा) । अर्जुनधारा नगरपालिकाको ६ नम्बर वडाको टिम यहाँ जारी तेस्रो यु-१८ वडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ६ नम्बर वडा पहिलो संस्करणको विजेता पनि हो ।
बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा अर्जुनधारा १ लाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै अर्जुनधारा ६ ले फाइनल यात्रा तय गरेको हो । अर्जुनधारा ६ को जितमा आत्मघाती गोलको उपहार नै निर्णायक बन्यो ।
अर्जुनधारा ६ ले पाएको कर्नर प्रहारलाई रोक्ने क्रममा अर्जुनधारा १ का मिराज मल्लले क्लियर गर्ने क्रममा आत्मघाती गोल भएको थियो । खेलमा अर्जुनधारा १ ले थुप्रै अवसर सिर्जना गरे पनि स्कोर हुन नसक्दा खेलमा फर्कन सकेन । खेलकाे प्लेयर अफ दी म्याच ६ नम्बरका कप्तान सुनिल मुसहर बने । उनले नगद पुरस्कार पाए ।
शुक्रबार अर्जुनधारा ७ र ८ नम्बर वडाबीच अन्तिम सेमिफाइनल खेल हुनेछ । ८ नम्बर वडा साविक विजेता टोली हो । यसअघि फाइनल खेल माघ २७ गते भनिए पनि प्राविधिक कारण २८ गतेका लागि नयाँ मिति तोकिएको प्रतियोगिता संयोजक टेकराज तिलिङले जानकारी दिए ।
खेलाडी उत्पादन र किशोर अवस्थाका खेलाडीलाई दुव्र्यसनमुक्त राख्ने उद्देश्यले शनिश्चरे फुटबल क्लबले बर्सेनि १८ वर्षमुनिका खलाडीबीच वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा