
बिर्तामोड । झापाको विर्तामोड ६ बुट्टाबारी स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीमा जारी छैटौँ हरी कुमार प्रसाई स्मृती कप अन्तर विद्यालय यु १३ को क्वाटरफाइनल समिकरण पूरा भएको छ ।
झापा जिल्ला भित्रका सोह्र टिम सहभागि रहेको प्रतियोगितामा बिहीबार अन्तिम दुई प्रि क्वाटर फाइनल सकिएसंगै उक्त प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको हो ।
शुक्रबार देखि क्वाटरफाइनलका खेलहरू सन्चालन हुनेछन । शुक्रबार क्वाटर फाइनलका दुइ खेल सन्चालन गरिने आयोजक एएभरेष्ट स्मार्टका प्रिन्सिपल अनुप शर्माले जानकारी दिए ।
शुक्रबार पहिलो क्वाटरफाइनलमा न्यूटन एजुकेशन एकेडेमि र बाल्मिकी फाउन्डेशन भिडनेछन भने दोस्रो क्वाटरफाइनलमा सुनगाभा इङलिश स्कुल र निदि सेकेन्डरी स्कुल बिचको प्रतिस्पर्धा रहनेछ ।
एभरेष्ट स्मार्ट एजुकेशन फाउन्डेशनका संस्थापक हरी कुमार प्रसाई दिवंगत भए पश्चात उनकै स्मृतिमा यो प्रतियोगिता सन्चालन गर्न थालिएको आयोजकले जनाएको छ ।
बिद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्दै, अनुशाससित र सामुहिक कार्यमा समेत सरीक गराउँने उद्येस्यका साथ यो प्रतियोगिता आयोजना शुरू गरिएको प्रन्सिपल शर्माको भनाई छ ।